Logo

फाईल फोटो

१३ वैशाख, वीरगञ्ज । भ्रष्टचार मुद्दा लागेका नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । १ वर्ष ४ महिना देखिको निलम्बन बुधबार फुकुवा भएसँगै गुरुङ्ग खुसी देखिएका हुन् ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवा बारे जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका सांसद गुरुङ सर्वोच्च अदालतको आदेशसँगै फुकुवा भएका हुन् ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ २०७९ साल पुस १२ गतेदेखि निलम्बनमा परेका थिए ।


सम्बन्धित समाचार