Logo

१४ वैशाख,बुटवल। सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत रुपन्देहीको आदेशमा ४ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार पुन रिहा भएका हुन्। गत शुक्रबार जिल्ला अदालतमा थुनछेक बहसपछि पुनसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो। पुनले ४ लाख धरौटी रकम नबुझाएका कारण उनी थुनामै थिए।

पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्। उनी सत्तारुढ नेकपा माआवादी केन्द्रको विद्यार्थी संगठनका महासचिवसमेत हुन्। उनी गत साउनमा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमासमेत जोडिएका छन् ।

 


सम्बन्धित समाचार