Logo

१६ वैशाख,वीरगञ्ज । वीरगञ्जका डाक्टर दम्पत्तीले विवाहमा दाईजो पाएको ५१ सय रुपैंया रकम अग्नीपीडितलाई दिएका छन् ।

पर्साको बिन्दबासीनी–गाउँपालिका वडा नम्बर ४ अमरपट्टीका बेहुला डा. शिवओम चौरसिया र बिन्दबासीनी कै मधवलकी बेहुली डा. नितु चौरसियाको होटल भिस्वामा विवाह भएको थियो ।

दुवैजना डाक्टरहरुले दाईजो नलिई विवाह गरेका उनीहरुले सामाजिक रित अनुसार छोरीलाई बाबुले दिने दक्षिणाको रकम ५१ सय रुपैंया अग्नी पीडितलाई वितरण गरेका हुन् ।

दाइजोमा पाएको ५१ सय रुपैंया केटा पक्षले वीरगञ्ज अलौँका अग्नीपीडितलाई तुफान कुमार सहनीलाई दिएका हुन् । उक्त नगद पैसामा अरु पैसा थप गरेर अग्नीपीडित सहनीको घर बनाउने सामाजिक अभियन्ता प्रकाश थारुले घोषणा गरेका छन् ।

अग्निपीडित तुफान कुमार सहनीको घर बाँस र जस्तापाताले छाएर बनाईदिने थारुले बताए । एक श्रीमती, १ छोरी, भाइ बुहारी, आमा लगायतका परिवार रहेका तुफानको आगलागीले घर जलेर नष्ट भएको थियो ।

बेहुला शिवओम नेशनल मेडिकल कलेजमा ग्यास्ट्रो सर्जनको रुपमा कार्यरत छन् । बेहुली पनि नेशनल मेडिकलमै स्त्री तथा प्रसूती रोग विशेषज्ञ एमडी गर्दैछिन् । बेहुलाकी दिदी डा. निलम चौरसिया र उनका श्रीमान डा. दिलिप चौरसिया हुन् ।

डाक्टर दम्पत्तीले विना दाईजो विवाह गरेपछि उनीहरुलाई सम्मान पनि गरिएको छ । बिना दाइजो विवाह गरेपछि बेहुला र बेहुलीलाई कदरपत्र, खाँदा, मालासहित सम्मान गरिएको हो ।

बालबालिका तथा दाइजो उन्मूलन राष्ट्रिय अभियानद्वारा डाक्टर दम्पत्तीलाई सम्मान गरेको हो । कार्यक्रममा सामाजिक अभियन्ताहरु प्रकाश थारु, ललन साह, वृजेश्वर चौधरी लगाायतको सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार