Logo

१९ वैशाख, वीरगञ्ज । नबिल बैंक चोरी प्रकरणमा संलग्न रहेका आशंकामा १ भारतिय सहित ४ जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो ।

वीरगञ्जको नबिल बैंक बाइपास शाखाबाट सोमबार विहान १ करोड ३४ लाख ६५ हजार चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले एक भारतीय सहित चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले बताए । पक्राउ पर्नेमा रौतहटका सञ्जय जयसवाल, छोटेलाल जयसवाल, भारत बिहार घोडासनका मन्टु पासवान र अर्को एक व्यक्ति रहेका छन् । अर्का एक जनाको परिचय भने थाहा भएन ।

चोरी घटनामा अरु पनि संलग्न रहेका हुन सक्ने भन्दै प्रहरीले अहिले अनुसन्धान जारी रहेको बताएको छ । आशंकाको भरमा ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक थापाले बताए ।

यकिन भईसकेपछि यसबारे सबै विवरण सार्वजनिक गरिने उनले बताए । बैंकका कर्मचारीकै मिलोमतोमा चोरी भएको हुनसक्ने आशंका प्रहरीलाई छ ।


सम्बन्धित समाचार