Logo

२१ वैशाख,वीरगञ्ज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र मुरलीमा आयोजना गरिएको शुभकामना तथा अन्तरकृया कार्यक्रममा प्रेस स्वतन्त्रता तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलार्ई नै घोषणा गर्न जोड दिईएको थियो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठाकोटे मगरले उदघाटन गरेका थिए ।

कार्यक्रममा विश्व प्रेस स्वतन्त्रताको अवसरमा शुभकामना दिदै विभिन्न आन्दोलन र संघर्षको परिणामले अहिले स्वतन्त्रता रहेपनि अझै राज्यबाट प्रेस स्वतन्त्रता र समानातामा विभेद गरेको बताए ।

उनले अहिले स्वतन्त्रतासँगै मानवअधिकारको विषयहरु पनि उठिरहेको भन्दै संविधानले प्रत्याभूत गरेका विषयहरुमा समेत राज्यको कार्यान्वयन तह फितलो रहेको बताए ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा अहिले व्यापक बहस चलिरहेको र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायण बहादुर श्रेष्ठ नै महासंघको संस्थापक अध्यक्ष भएको दावी गरेको बताए ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका संस्थापक अध्यक्ष कुलनारायण प्रधान दिलिप, उपाध्यक्ष जगत राई, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका सचिव अमय दास लगायतले पनि बोलेका थिए ।

फोनिज पर्साका सचिव राम मण्डलले सञ्चालन गरेको कार्यक्रममा फोनिज मधेस प्रदेश अध्यक्ष दुष्यन्त चौधरी, फोनिज मधेस प्रदेशका सदस्य तथा थारु पत्रकार संघ पर्साका अध्यक्ष शम्भु महतो थारु, बालेश्वर थारु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार