Logo

२२ वैशाख,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा खुकुरीको प्रहारबाट एकजना युवक गम्भिर घाइते भएका छन् । उपमहानगरपालिकाको वडा नम्बर १० मा आज बिहान खुकुरीको प्रहारबाट एकजना युवक गम्भिर घाइते भएका हुन् ।

गम्भिर घाइते हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवर रहेका छन् ।
आयुषलाई हेटौँडा– ३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्‍र्याङ डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले खुकुरी प्रहार गरेका प्रहरीले जनाएको छ । खुकुरीको प्रहारबाट आयुषको टाउको, गर्दन र दाहिने हातको कान्छी औँलामा चोट लागेको प्रहरीको भनाइ छ ।

घाइते उनलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार समभव नहुँदा उनलाई चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरी बताउँछ । आयुषको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न दुवै जनालाई खुकुरीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अगाडि बढाएका जनायो ।


सम्बन्धित समाचार