Logo

१३ जेठ, काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघमा तालाबन्दी गरेको छ । सदस्यताको विषयलाई लिएर युनियनले नेपाल पत्रकार महासंघ सञ्चारग्राम तिलगंगा स्थित केन्द्रीय कार्यालयमा आज तालाबन्दी गरेको हो ।

युनियनले ६ बुँदे विभिन्न माग सहित तालाबन्दी गरेको छ । युनियनले नेपाल पत्रकार महासंघको सदस्यता विधान बमोजिम संगठन समिति र केन्द्रीय समिति मार्फत पास गरेर मात्रै सार्वजनिक गर्नुपर्ने, स्वघोषित कार्यदलले तयार पारेको सूचनी खारेज गर्नुपर्ने, सदस्यता शुद्धिकरणका नाममा गरिएको मनपरी र बलजफ्ती बन्द गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै केन्द्रीय समिति, प्रदेश समिति र शाखा समितिहरुको गरिमा कायम गर्न, सक्रिय पत्रकारलाई सदस्यताबाट हटाउने षड्यन्त्र बन्द गर्न र विधान विपरितका गतिविधि बन्द गर्न माग गर्दै महासंघका अध्यक्ष विपुल पोखरेलकै कार्यकक्षमा तालाबन्दी गरेको छ ।

महासंघले जेठ २६ गते निर्वाचनको मिति तोकिसकेको छ । तर, सदस्यता भने अझै टुंगो लगाउन सकेको छैन ।

महासंघको निर्वाचन हुनुभन्दा एक महिना अघि नै सदस्यताको नामावली प्रकाशन गर्नुपर्ने विधान भएपनि अझै पनि सदस्यताको नामावली भने टुंग्याउन नसकेको हो ।


सम्बन्धित समाचार