Logo

१५ जेठ, काठमाडौं । सरकारले आगामी वर्षमा पीडित सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । सदनमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री पुनले समस्याग्रस्त सहकारीमा पैसा राख्नेहरुको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।

सञ्चालकको सम्पत्ति बेचेर भए पनि ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले सुनाएका छन् । यसका लागि कानूनमा आवश्यक संशोधन गरी सहकारी सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने बताए ।


सम्बन्धित समाचार