Logo

१५ जेठ, वीरगञ्ज । सरकारले आगामी आर्थिक वर्षदेखि गम्भीर प्रकृतिका रोगको उपचारका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध घोषणा गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन । त्यसका लागि सरकारले तीन अर्ब रुपैयाँ विनियोजन समेत गरेको छ ।

सरकारले खासगरी विपन्न नागरिकलाई मुटु, क्यान्सर, मृगौला, अल्जाइमर, पार्किन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल इनिमिया रोगमा उपचार सहुलियतका लागि प्रतिबिरामी एक लाख रुपैयाँ उपलब्ध गराउन नीति लिएको छ ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधि तथा खोप र प्रजनन स्वास्थ्य सामग्री उपलब्ध गराउन एक अर्ब ४३ करोड विनियोजन गरिएको अर्थमन्त्री पुनले जनाए ।


सम्बन्धित समाचार