Logo

१७ जेठ, बारा । बारा प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बहु विवाह मुद्दाका १ जना फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराकै दक्षिण झिटकैया गाउँपालिका वडा नम्बर ५ बस्ने रामस्वार्थ यादव रहेका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । जिल्ला अदालतले उनलाई बहु विवाह मुद्दामा दोषी ठहर गरेको थियो ।

उनलाई लुकीछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालत कलैयामा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार