Logo

२७ जेठ, सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा ३ केजी ४ ग्राम लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ९ बाट गाँजासहित एकजना पक्राउ परेका हुन् ।

कचोर्वा नाका भइ भारततर्फ जाँदै गरेको अवस्थामा भारतीय प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सीमावर्तित भारतको जितना थाना अन्र्तगतका बिजबनी गाउँ निवासी देवनरायण भगत रहेका छन् ।

विशेष सुचनाको अधारमा भारतीय प्रहरी र एसएसबीको संयुक्त टोलीले सीमावर्तित झरोखर गाउँमा छापामारी गरी भगतलाई पक्राउ गरेको जनाएको छ । गाँजासहित पक्राउ परेकालाई झरोखर थानामा बुझाइएको एसएसबीले जनाएको छ ।

छापामारी टोलीमा एसएसबी सहित झरोखर थाना अध्यक्ष शिवनाथ माझी लगायत प्रहरीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार