Logo

१ असार,वीरगञ्ज । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
चालू आर्थिक वर्ष भन्दा करिब १ अर्ब भन्दा कम आगामी आर्थिक वर्षको बजेट ल्याएको हो ।

सदनमा सरकारले आगामी आवको लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँ को बजेट प्रस्तुत गरेको हो ।

प्रदेशसभा भवनमा शनिबार बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गरेका हुन ।
प्रदेश सरकारले ल्याएको बजेटमध्ये चालु खर्चतर्फ १६ अर्ब ७ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ राखिएको छ ।

हेर्नुहोस् बजेटको पूर्णपाठ

 


सम्बन्धित समाचार