Logo

२ असार,सिम्रौनगढ । कृषि वस्तु माथी लगाईऐको करको बिरोधमा आज बाराको सिम्रौनगढमा जुलुस प्रदर्शन भएको छ । कृषि वस्तुमाथि लगाईएको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै किसानहरुले आज प्रदर्शन गरेका हुन् ।

सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसमा कृषि मन्त्री मुर्दावाद, किसान माथि अत्याचार गर्न पाईदैन, कृषि प्रधान देशको मुल्य मान्यता कायम गर लगायताका नारा लगाउदै सिम्रौनगढ बजार परिक्रमा गरेका थिए ।

स्थानीय कृषक दिनेश कुश्वाहाको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार