Logo

३ असार,वीरगञ्ज । मधेश प्रदेशमा पछिल्लो समय अपराधिक घटना बढ्दो छ । एक सातामा ५ वटा अपराधिक घटना भएका छन् ।

यो सातामा प्रदेशमा भएको घटनामा ४ जनाको हत्या भएको छ भने ४ जनाको शंकास्पद शव फेला परेको छ । यसरी मधेशमा अपराधिक घटना बढ्न थालेपछि त्यसको नियन्त्रणको यसको नियन्त्रणका लागि संघीय सदनमा अवाज उठाइएको छ ।

मधेश प्रदेशमा शान्ति सरक्षा कमजोर बन्दै गएको भन्दै २ सांसदले सदनमा बोलेका छन् ।बाराका सांसद अच्युत मैनालीले सदनमा बोल्दै मधेशमा पछिल्लो समय शान्ति सुरक्षा कमजोर भएको बताएका छन् ।

प्रहरीको अकर्मण्यता बढ्दै गएको कारणले हत्या, लुटपाट, गोली हानाहान जस्ता अपराधिक घटना हुन थालेको सदनमा सांसद मैनालीले सदनमा बोलेका हुन । सांसद मैनालीसंगै अर्का सांसद अशोक चौधरीले पनि मधेश असुरक्षित भएको टिप्पणी गरेका थिए ।

यसरी सदनमा अवाज उठाइएपछि यो गम्भीर मुद्दा बनेको छ । तर प्रहरी भने अझ बेवास्ता झै गरिरहेको छ । पहिला त्यसका केही उदाहरणहरु ।

उदाहरण–१

तीन दिन अगाडि अर्थात् शुक्रबार बारामा एक जना शिक्षकको गोली हानी हत्या भयो । बारा रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुश्वाहाको गोली प्रहारबाट मृत्यु भयो । गोली प्रहारबाट गम्भीर घाइते भएका कुश्वाहाको उपचारको क्रममा अस्पतालमा मृत्यु भयो । तर अहिलेसम्म दोषी भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

मुख्य अभियुक्तको खोजी कार्य जारी रहेको बारा प्रहरी प्रमुख महेन्द्र खड्काको प्रतिक्रिया छ । यक्तिगत रिसइबीको कारण हत्या भएको प्रहरीको विश्लेषण छ ।

उदाहरण २
बाराको यो घटनाको ठीक १ दिन पछि अर्थात् शनिबार (हिजो) रौतहटमा २ जनाको शंकास्पद शव भेटियो । रौटहटको गौर टिकुलियास्थितको केराबारीमा २० वर्षीय युवक रोहित सहनीको शव फेला पर्‍यो ।
दिउँसो घरबाट शौच गर्न निस्केका सहनी अपरान्ह घर नजिकैको केराबारीमा मृत भेटिए । रौतहट प्रहरीले मृत्युको कारण खुल्न नसकेको बताइ रहेतापनि परिवारजनले हत्या भएको भनिरहेका छन् ।

मृतक सहनीको दाइ संजय सहनीले भाइलाई कुटपिट गरी हत्या गरिएको भनिरहेका छन् । यसैगरी यही समयमा बाग्मती खोलाबाट राहलु कुश्वाहाको अर्को शव पनि भुटिएको थियो । गौर नगरपालिका वडा नम्बर ५ निवासी कुश्वाहाको शव साँझ ५ बजेतिर फेला परेको रौतहट प्रहरी बताउँछ । अर्थात् हिजो एकै दिनमा रौतहटबाट २ वटा शंकास्पद शव फेला परेको थियो ।

तर रौतहट प्रहरी प्रवक्ता एलिजा गिरीले फेला परेको २ वटै शवमा कुनै किसिमको चोटपटक नदेखिएको बताइन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुबै जना लागु औषधको सेवनकर्ता रहेको पाइएको प्रवक्ता गिरीले बताउँछिन् ।

उदाहरण ३
बारा र रौतहटमा नभइ महोत्तरीमा पनि यही साता अपराधिक घटना भएका छन् । गएको सोमबार साँझ गोली प्रहार गरेर सुनको सिक्री लुटिएको थियो । अज्ञात समूहले महोत्तरी गौशाला विनय महतोमाथि गोली प्रहार गरी सुनको सिक्री लुटेको प्रहरीले जानकारी दिएको थियो ।

महोत्तरी प्रहरीका अनुसार ३० वर्षीय महतोमाथि एक राउण्ड गोली प्रहार गरेर सुनको सिक्री लुटिएको थियो । यो घटनामा गोली प्रहार गर्ने व्यक्ति अहिलेसम्म पक्राउ पर्न नसकेको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवाल बताउँछन् ।
योसंगै गएको २८ र २९ जेठमा पर्सामा ४ वटा बेवारिसे शव फेला प¥यो । एक दिनको अन्तरालमा बीरगन्ज महानगरबाट २ र ग्रामिण भेगबाट २ जनाको गरी ४ जनाको शव फेला प¥यो ।

२ दिनमै ४ जनाको बेवारिसे शव फेला परेपनि यसमध्ये २ जनाको हत्याको आशंकामा प्रहरीले अनुसन्धान चलाइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ । त्यसैगरी जनकपुरमा आज आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
यी ५ वटा घटनामा मधेश प्रदेशमा एक सातामा ४ जनाको हत्या भएको छ भने ४ जनाको शंकास्पद मृत्यु भएको प्रहरी तथ्यांकले बोलिरहेको छ ।

यो सातमा प्रदेशमा एकजनाको गोली प्रहार गरी हत्या भएको छ भने अर्को एकजनामाथि गोली प्रहार गरेर लुटपाट गरिएको छ ।

के भन्छ मधेश प्रहरी ?
तर मधेश प्रहरीले भने मधेश प्रदेशको शान्ति सुरक्षा कमजोर नबनेको बताइरहेको छ । प्रदेश प्रहरी प्रवक्ता सुबास चन्द्र बोहोराका अनुसार अपराधबिनाको समाज परिकल्पना गर्न सकिदैन् । ‘समाजमा सबै खालका मान्छे हुन्छ, त्यसकारण अपराधिक घटनाहरु भइरहन्छ,’ उनले भने ।

उनी भन्छन्,‘ तर त्यसमा महतवपूर्ण कुरा के हो भने घटना भइसकेपछि प्रहरीले के गरिरहेको छ ? अनुसन्धान कस्तो चलिरहेको छ, अपराधि पक्राउ प¥यो कि नाइ त्यो गम्भीर कुरा हो । यदि पता लगाएको छ भने कसरी शान्ति सुरक्षा चुस्त छैन भन्न मिल्छ ? ।


सम्बन्धित समाचार