Logo

१८ असार,वीरगञ्ज । गहवामाईको रथयात्राका दिन वीरगञ्जको सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द हुने भएको छ । माइस्थानस्थित गहवामाईको रथ यात्रा निकालिने दिन अर्थात् यहि असार २३ महानगरका सम्पूर्ण सामुदायिक एवम् सस्ंथागत विद्यालयहरुमा पठनपाठन बन्द हुने भएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृकाप्रसाद भट्टराइले सूचना जारी गर्दै यसबारे बताएका हुन् । असार १६ गते महानगरका नगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले यसबारे निर्णय गरेको जनाइएको छ ।

रथयात्रामा बढीभन्दा बढी भक्तजनहरुको सहभागिता जुटाउन यस्तो निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत भट्टराइले जानकारी दिए । यस्तै पूर्व निर्धारित छात्रवृत्ति वितरण कार्यक्रम समेत सारेर असार २४ गते आयोजना गर्न सम्पूर्ण विद्यालयहरुलाई महानगरको निर्देशन छ ।


सम्बन्धित समाचार