Logo

६ साउन,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वर्ग–नर्कको भुलभुलैया सृजना गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सहयात्रीलाई लात हानेको आरोप लगाएका छन् ।

आइतबार प्रतिनिधिसभामा ओलीले मागेको विश्वासको मत प्रस्ताव माथिको छलफलमा भाग लिने क्रममा नेपालले ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई लात हानेको आरोप लगाएका हुन् ।

‘स्वर्ग–नर्कको कुरा गरेर आफू स्वर्ग जाने र सहयात्रीलाई नर्कतिर धकेल्न लात हानियो,’ नेपालले भने, ‘अघिल्लो रातसम्म स्वर्ग–नर्कको भुलभुलैया सृजना गरेर मिरमिरे नहुँदै सत्ता गठबन्धन फेर्ने काम भयो ।’

यसअघि असार १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले आफूसँग स्वर्ग– नर्क जहाँ गए पनि सँगै जाने भनेर आश्वासन दिएको प्रचण्डले संसद्मा बताएका थिए । नेता नेपालले कांग्रेस र एमालेबीच छल–छाम र गुपचुप सहमति गरेर अपारदर्शी गठबन्धन भएको आरोप लगाए ।

नेपालले विगतमा पटक–पटक प्रतिनिधिसभा विघटन गरेको कुरामा आत्मसमीक्षा र आत्मालोचना गर्न ओली तयार नभएको नेपालले बताए । राजनीतिक स्थिरताको नाममा नेपाली जनताले अर्को जंगबहादुर नखोजेको उनले टिप्पणी गरेर ।


सम्बन्धित समाचार