Logo

७ साउन,काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार छ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ ।

 


सम्बन्धित समाचार