Logo

फाइल तस्बिर

८ साउन,वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले गत आर्थिक बर्ष ०८०/०८१ मा ३४ करोड २७ लाख ७८ हजार ३१३ रुपैंया ९२ पैसा बराबरको सामान बरामद गरेको जनाएको छ ।

गणले सार्वजनिक गरेको एकबर्षको प्रगति विवरण अनुसार वीरगन्ज भन्सार कार्यालयका १४ करोड ८९ लाख ४८ हजार ५५६ रुपैंया बराबरको र राजस्व अनुसन्धान पथलैयामा १९ करोड १६ लाख ९६ हजार ९७५ रुपैंया मूल्य बराबरको सामान बरामद गरि बुझाएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिबन्धित गाँजा २२६ किलो ४३५ ग्राम, चरेश १ किलो दुइसय ग्राम, डाइजपाम ९६९ पिस, फेनार्गन ८७९ पिस, नुर्फिन ९९७ पिस, नाईट्रोभेट २४८ पिस, नीट्राजेपाम ४४ पिस, ओनोरेक्स ८३ बोतल, ब्राउन सुगर चार किलो ३७ ग्राम, र ट्रामाडोल १५ हजार २६ पिस बरामद गरेको छ ।

अवैध काठ ४० लाख ९३ हजार ३५५ रुपैंयाको १ हजार पाँचसय ५४ क्युफिट बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिनुभयो । यो एक बर्षको अवधिमा सशस्त्र प्रहरीले ७९ जना व्यक्ति विभिन्न सामान सहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले उपलब्ध गराएको विवरण अनुसार लागूऔषध सहित २६ जना, नगद रुपैंया सहित १५ जना, अवैध निकासी पैठारीका सामान सहित १९ जना, चेलीबेटी बेचविखनमा संलग्न १५ जना, बालुवा र ट्रयाक्टर सहित १ जना र अवैध काठ सहित ३ जना गरी ७९ जना पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीले एकबर्षको अवधिमा नेपाली र भारतीय रुपैया नगद पनि बरामद गरेको जनाएको छ । ६० लाख ३० हजार ९८५ रुपैंया नेपाली र १४ लाख ७४ हजार ४८० भारतीय रुपैंया नगद पनि बरामद गरेको सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो ।


सम्बन्धित समाचार