Logo

९ साउन,काठमाडौं । सौर्य एयरको विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन् ।n गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री ओली दिउँसो साढे १ बजेपछि विमानस्थल पुगेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबूकमा तस्बीर राख्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

’नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्रु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु ।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद् घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु,’ प्रधानमन्त्री ओलीले फेसबूकमा लेखेका छन् । मर्मतका लागि पोखरातर्फ जाँदै गरेको विमान बुधबार बिहान ११ः११ मा त्रिभुवन विमानस्थल परिसरमै दुर्घटनामा परेको थियो ।
विमानमा चालक दलका २ सदस्यसहित १९ जना सवार थिए । क्याप्टेन एमआर शाक्यको जीवितै उद्धार गरिए पनि १८ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

मृतक अधिकांश सौर्य एयरलाइन्सकै कर्मचारी हुन् ।

 


सम्बन्धित समाचार