Logo

१४ साउन,वीरगञ्ज । पोखराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ ।

पोखरा बिरौटाको एलपी देवकोटा स्कुलको ग १ क ६२१९ नम्बरको बस विद्यार्थी बोकेर आउँदै गर्दा फुस्रेखोला नजिकै सडकमा पल्टिदा २४ जना घाइते भएका छन् ।

घाइते २४ विद्यार्थीमध्ये दुई जनालाई गम्भीर चोट लागेको छ । घाइतेहरूको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेज र नमस्ते अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

बस घुम्ती मोड्ने क्रममा सडकदेखि करिब ५० मिटर तल खसेको छ । बसका चालक भने अहिले फरार रहेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार