Logo

१५ साउन,काठमाडौँ । काठमाडौँ महानगरपालिका–२५ असन बस्ने मेरी तुलाधरको घरमा रहेको धागो गोदाममा आगलागी भएको छ । विद्युत् सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीको भनाई छ ।

आगलागीबाट करिब ३० लाख रुपैयाँ बराबरको धागो जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार