Logo

३२ साउन, बारा । मुसहर्वाको एक घरमा गएराति चोरी भएको छ । विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा टोलका अक्लेश यादवको घरमा चोरी भएको हो ।

रातको मौका छोपी घरमा पसेका चोरले ४ थान चाँदी, एक थान सुनको गहना सहित ६० हजार नगद र लत्ताकपडा चोरेर लगेको पिडित यादवले जानकारी दिए ।

चोरीका लत्ता कपडा विश्रापुर २ कान्तिपुर बरैनिया टोलकको पश्चिम, नहरको बगरमा फालेको अवस्थामा भेटिएको छतवा प्रहरी चौकीले जनाएको छ ।

पिडित यादव परिवार राति सुतेको बेला पक्की घरको ढोकाको कुचुल (छिटकिली) तोडैरै चोर घरभित्र पसेको कान्तिपुर बरैनियाका स्थानिय राजु बैठाले बताए ।

उनीहरु चोरी गरेका समाना छाँटेर लगेको र काम नलाग्ने लत्ताकपडा र केही कागजात नहर किनारमै छोडेर गएका दृश्य देखिएको बैठाको भनाई छ ।

यस सम्बन्धमा छानविन गर्न पुगेका प्रहरी टोलीलाई यो समस्या आफै सुल्झाउँछौँ  भन्दै  पिडितले फिर्ता पठाएको मुसहर्वा प्रहरी चौकीका ईन्चार्ज रविन्द्र साहले जानकारी दिए ।


सम्बन्धित समाचार