Logo

३२ साउन,सोलुखुम्बु– सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा हिमपोखरी फुटेको अनुमान गरिएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा अहिले हिमपोखरी फुटेर दूधकोशीमा ठूलो बाढी आएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले दूधकोशीमा ठूलो बाढी आएको सूचनापछि तटीय क्षेत्रमा प्रहरी र सेनासमेत परिचालन गरिएको बताएकी छन् ।

प्रजिअ पाण्डेले खुम्बु क्षेत्रमा हिमपहिरो झरेको हो या हिमपोखरी फुटेको यकिन नभएको बताइन् । उनका अनुसार अहिलेसम्म बाढीले दुई होटल बगाएको र छ । मानवीय क्षतिको विवरण नआइसकेको उनले जानकारी दिइन् ।

खुम्बु पासाङल्हामु गाउँपालिका–५ की वडासदस्य ङवाङ जाङ्मु शेर्पाले बाढीका कारण ठूलो क्षति भएको जानकारी दिइन् ।

उनकाअनुसार थामे क्षेत्रका धेरै घरमा भीषण बाढी पसेको छ। बाढीका कारण थामेका कम्तीमा ७० घर पूरै डुबानमा परेका छन् । उनले उक्त गाउँका ४० प्रतिशतजति घरहरू भत्काइदिएको पनि जानकारी दिइन् ।


सम्बन्धित समाचार