Logo

३२ साउन,वीरगञ्ज । नेकपा एमाले पर्साले मनोनयन गरेका संयोजकहरुलाई मनोनयन पत्र प्रदान गरेको छ । एमालेले ४ प्रतिनिधिसभा र ८ प्रदेशसभाका संयोजकलाई आज मनोनयन पत्र प्रदान गरेको हो ।

पर्सा जिल्ला कमिटीको दोश्रो बैठकले मनोनीत गरेको क्षेत्रीय समन्वय कमिटी संयोजकहरुलाई पार्टी कार्यालयमा जिल्ला अध्यक्ष डा. विशम्भर कुमार शर्माले मनोनयन पत्र प्रदान गरेका हनु । जिल्ला कमिटीको सचिव तथा संगठन विभागको प्रमुख महेश दासको अध्यक्षता मा संगठन विभागको बैठक भएको थियो ।

बैठकमा उप सचिव नविजान मियाँ र सीता लामासहित सबै क्षेत्रीय समन्वय कमिटी संयोजकहरुको उपस्थिति थियो । सोमबार जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ मा मानदेव हजरा, २ मा मनोज कुमार कुशवाहा, ३ मा फरमान मियाँ अन्सारी र ४ मा मदिस मियाँलाई क्षेत्रीय समन्वय कमिटी संयोजकमा मनोनयन गरेको थियो ।

यसैगरी क्षेत्र न १ को (क) मा बाबुराम खनाल, (ख) मा सुरेश गुप्ता , क्षेत्र न २ को (क) मा तैयव मियाँ (ख) मा ओम प्रकाश गुप्ता , क्षेत्र न ३ को (क) मा रामबाबु यादव, (ख) मा कौशल साह गोढ र क्षेत्र न ४ को (क) मा रामप्रीत महतो (ख) मा बीरेन्द्र साह कानुलाई प्रदेश सभा क्षेत्रीय समन्वय कमिटीको संयोजकमा मनोनयन गरेको थियोे ।


सम्बन्धित समाचार