Logo

१ भदौ, पर्सागढी । डिभिजन वन कार्यालय पर्साको राष्ट्रिय वन क्षेत्रभित्र करिब २७ हेक्टरमा वृक्षारोपन गरिएको छ । यस वर्ष २७ हेक्टर क्षेत्रफलमा विभिन्न जातका ४३ हजार बिरुवा रोपिएको हो ।

डिभिजन वन कार्यालय पर्साले सबैया साझेदार बन सबैया, बिन्दवासिनी कोईलाभार साझेदारि वन बडनिहार र गाद्दिमाई साझेदारि वन रङ्गपुर क्षेत्र अन्तर्गतका वन फडानि भएका र नदि किनार वन क्षेत्र भित्र करिब २७ हेक्टर क्षेत्रफलमा विभिन्न जातका ४३ हजार विरुवा रोपिएको डिभिजन वन कार्यालय पर्साका वन प्रमुख सुनिल कुमार कर्णले जानकारी दिए ।

वन प्रमुख कर्णका अनुसार सबैया साझेदारि बन क्षेत्र भित्र रहेको भेडाहा नदि संरक्षणका लागि ७ हेक्टर वन तथा नदि किनार क्षेत्रमा खयर, टिक गरी १२ हजार, बिन्दवासिनी कोईलाभार बडनिहार साझेदारि वन क्षेत्रको बन फडानी भएका खाली ठाउँको ७ हेक्टर क्षेत्रमा खयर, टिक गरी १२ हजार र गाद्दिमाई साझेदारि रङ्गपुरको भलुवाई खोलाको आसपास खयर, सिसौ र टिक गरी करिब १३ हेक्टर क्षेत्रफलमा २० हजार गरि ४३ हजार बिरुवा रोपिएको छ ।

हरेक वर्ष वृक्षारोपन गरिए पनि विरुवा जोगाउन कठिन भएको भन्दै वन प्रमुख कर्णले यसवर्ष तारबार गरिएको र विरुवा रेखदेख गर्ने एक कर्मचारी राख्ने तयारी रहेको बताए ।

 


सम्बन्धित समाचार