Logo

१ भदौ,वीरगञ्ज । पर्सा सुन चाँदी व्यवसायी संघमा नेतृत्व चयनका लागि आज मतदान सम्पन्न भएको छ । संघको पदाधिकारीसहित नयाँ नेतृत्व चयनका लागि मतदान भएको थियो ।

विहान करिब १२ बजेदेखि सुरु भएको मतदान अहिले सकिएको छ। नयाँ नेतृत्वका लागि प्रवेश सर्राफ भुलन सर्राफबिच कडा प्रतिस्पर्धा छ । अहिलेसम्म करिब ३ सय २३ जना मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सुन चाँदी व्यवसायी संघमा ११ सदस्यीय समिति चयनको लागि मतदान भएको हो ।

लामो रस्साकस्सीका पछि संघले हिजो मात्र आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको थियो । संघमा करिब ३५० जना मतदाता रहेको जनाइएको छ ।


सम्बन्धित समाचार