Logo

१ भदौ,वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणको ३९ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको प्राङगणमा शिविर सम्पन्न भएको हो । नेपाल मेडिसिटी अस्पतला गण्डक वीरगञ्ज र नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा ६७ जना कर्मचारीहरुको स्वास्थ्य चेकजाँच गरिएको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज प्रमुख अवधेश कुमार दुबेले जानकारी दिनुभयो ।

प्रमुख दुबेको अध्यक्षतामा शिविर आयोजना गरिएको थियो ।


सम्बन्धित समाचार