Logo

१ भदौ,काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ । साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो ।

बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत ६७ बुँदे निर्णय गरेको छ ।

जसपाले भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमका बिच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ ।

जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ ।

हेर्नुहोस् निर्णयको सूची :-


सम्बन्धित समाचार