Logo

२ भदौ,सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताएका छन ।

आजपाको सर्लाही जिल्ला भेलालाई मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेश विपरितको सिमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए ।

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन् । यो गठबन्धन नै जनादेश विपरितको छ । केही सिमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो । वास्तवमा यो गठबन्धन होईन ठगबन्धन हो’ आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सिमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होईन् । केही सिमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दैटिक्दैन् ।’

भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको बिकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्र विरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे । लुटेरा र भ्रष्ट नेताहरुको अन्त्य हुनै पर्ने बताउँदै उनले अब देश लुटने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकाले अब जनताले नै जनकारवाही गनुपर्ने बताए ।

‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन् । काण्डैकाण्डले देश बदनाम छ । युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’ साहले भने, ‘भ्रष्टाचारीहरु अहिले सम्मानित भईरहेका छन तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ । राज्यले नै भ्रष्टाचारीलाई जोगाउँने सम्मान गर्ने कामले देश कंगाल बन्दै गईरहेको छ । आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ ।’

देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरु देशमै रोजगार नपाउँने अवस्था आएको बताए । लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरुले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरुले मिलेर मासे र दलतन्त्र ल्याए । आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन् ।’

एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न तोडनुपर्ने बताए । लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले भ्रष्टाचारी नेताहरुलाई देशबाट लखेटनमा युवाहरुले ढिलाई गर्न नहुने समेत बताए ।


सम्बन्धित समाचार