Logo

२ भदौ,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले बोर्डरमा प्रतिबन्धित लागु औषध ओसारपसारको समस्या जटिल बन्दै गएको बताएका छन् ।

नेपाल फाण्डेसनले जनकपुरमा आयोजना गरेको नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनका अनुसार छिमेकी देश भारत विहारमा खुलेआम पाइने नेपालका प्रतिबन्धित लागु औषध जटिल समस्या बन्दै गएको हो ।
त्यसकारण नेपाल भारत दुबै देशका युवाहरु मिलेर यो समस्याको समाधानतर्फ ध्यान दिन जरुरी रहेको उनको सुझाव छ ।

उनी भन्छन्, ‘विहार सरकारले मदिरा प्रतिबन्धित गरेको छ, जुन नेपालबाट तस्करी भएर गइरहेको हुन्छ । नेपालमा केही ड्रग्स प्रतिबन्धित छन्, जुन विहारमा खुलेआम विक्री भइरहन्छन् । यी दुइवटाको सेवनले खासगरी युवाहरु नै बर्बाद भइरहेका छन्, त्यसकारण यसलाई रोक्न जरुरी छ ।’

दुबै देश युवाहरु मिलेर संवाद चलाएर यो समस्या समाधानमा लाग्न मुख्यमन्त्री सिंहको आग्रह छ । संवादको माध्यमबाट यो समस्या समाधान हुने भएकाले त्यसतर्फ कदम चाल्न उनले बताए । नेपाल भारतबिच सदियौंदेखि प्रगाढ सम्बन्ध रहेकोले यसलाई थप बलियो बनाउनतर्फ अग्रसर हुन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा शिक्षा मन्त्री रानी शर्मासहितकाले नेपाल भारतको बारेमा आफ्नो धारणा राखेका थिए ।


सम्बन्धित समाचार