Logo

२ भदौ सेढवा। पर्साको जिराभवानी गाँउपालिका वडा नं.- २ बसन्तपुरका किसानहरुले खेतीपातीसँगै भैसीपालनमा समेत लागेका छन।

यस गाँउका आधाभन्दा बढी परिवारले बिगत ५/७ बर्षदेखि परम्परागत भैसीपालन गर्दै आएका छन। गाँउमा रहेका करिब ७० घरपरिवारमध्ये करिब ४० परिवारले भैसीपालन गरिरहेका स्थानीय शंकर पटवारीले बताए।

यहाँका किसानहरुले धानगहुको खेतीपातीका साथसाथै भैंसी पेशालाई निरन्तरता दिदै आएका पटवारीले बताए। यहाका किसानहरुले दैनिक दुई सय पचास लिटर दुधभन्दा बढी दुध उत्पादन गरिरहेको पटवारीले बताए। जसमध्ये केही दुधबाट दही बनाउने र दुध नै अन्य गाउँमा बिक्री गर्ने गरेका पटवारीले बताए।

गाउँघरमा किसानहरुले नगद तथा धान तथा चामलबाट भैंसी खरिदबिक्री गर्ने गरेका छन। केही किसानहरुले दुग्ध चिस्यान केन्द्रमा र केही किसानहरुले दुध ओसारपसार गर्ने व्यापारीहरुलाई बिक्री गर्ने गरेका छन।

यो पेशा मुख्य पेशा नभएपनि यसबाट गरेका आम्दानीले किसानहरुको आर्थिक अवस्था बलियो हुदै गएका किसानहरुले जनाएका छन। यसका अलावा भैसीले ब्याएका पाडोलर बेचेर पनि राम्रो आम्दानी गरेको किसानहरुले जनाएका छन।

साथै यहाका किसानहरुले भैसीको मलमुत्रबाट बनेको कम्पोष्ट मल पनि सजिलै बिक्री हुँनेहुँदा दाेहाेराे तेहेराे आम्दानी गर्ने गरेका छन। साथै सो मललाई आफ्नै खेतबारीमा छरेर अनाज राम्रो उत्पादन गर्ने गरेको किसानहरुले जनाएका छन। जसले गर्दा रासायनिक मल खरिदमा हुने खर्च कम गर्ने गरेको किसानहरुले जनाएका छन।

सोही गाँउका अर्का किसान ध्रुपसागर खाँ थारुका अनुसार गाँउका आसपास रहेका खोलाका डिल तथा नजिकै रहेका डिभिजन वन कार्यालय अन्तर्गतका राष्टिय वनमा गौउचरन रहेकाले भैसीपालन गर्न सजिलो रहेको बताए।

साथै आफ्नै खेतबाट आएका पराल तथा गहुँका छ्वाली भण्डारण गरी भैसीको लागि दानाको रुपमा प्रयोग गर्ने गरेको थारुले बताए। साथै धानबाट मिलमा चामल बनाउदा उत्पादन हुने ब्राण्डलाई सदुपयोग गर्दै दानाको रुपमा प्रयोग गर्ने गरेको थारुले बताए।


सम्बन्धित समाचार