Logo

५ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको परवानीपुरस्थित सञ्चालित कोइला डिपोहरुका कारण स्थानीयलाई सास्ती भइरहेको छ ।

खासगरी मुर्तामाइ कोइला डिपो र ऋद्धिसिद्धिसहितका कोइला डिपोका कारण स्थानीयलाई आवतजावतमा सास्ती भइरहेको गुनासो छ । कोइला लोड/अनलोड गर्दा पानी नभिजाउँदा तथा सामान्य नियमको पालना नगर्दा त्यसको प्रदूषण्का कारणस्थानीयलाई समस्या भइरहेको गुनासो छ ।

मुर्तामाइ कोइला र ऋद्धिसिद्धिसहितका डिपोहरु नियमविपरीत सञ्चालित हुँदा कोइलाको डिपोको मनोपरी नरोकिएको जनाइएको छ ।

स्थानीय पसले रामहरि मैनालीका अनुसार परवानीपुरमा नगरपालिकाको नियमविपरीत कोइला डिपो सञ्चालन भइरहेका छन् । हाइवे सडक भन्दा कमसे कम ५ सय मिटर भन्दा भित्र कोइला डिपो सञ्चालन गर्नुपर्ने नियम छ ।

लगातार परिरहेको पानीले सडक हिलाम्मे भएको छ । बच्चाहरुलाई स्कुल लैजान ल्याउन सास्ती हुने गरेको एक अभिभावकको दुखेसो छ। तर स्थानीय निकाय र प्रहरी भने मौन झै बसिरहेका छन् । कोइला डिपोहरु भने यी नियमको खुलेआम धज्जी उडाइरहँदा प्रहरीको उल्टै साथ रहेको स्थानीयको गुनासो छ ।

पानी पर्दा हिलाम्मे हुने तथा घाम लाग्दा धुलाम्मे हुने अवस्थाका कारण सर्वसाधारणलाई आवातजावत गर्न समस्या भइरहेको गुनासो छ । कोइलाको फोहोरले पसल सञ्चालन गर्न कठिनाइ भइरहेको नजिकै पसल सञ्चालन गरेका मैनालीको भनाइ छ ।

उनी भन्छन्, ‘हामी सधै पसल खोल्छौं, तर यो कोइलाको प्रदूषणबाट हामीलाई पसल चलाउन एकदम ग्राहो भइसकेको छ, ग्राहक पनि धुलो उड्दा आउँदैनन् । हाम्रो व्यापार नै चौपट हुने अवस्थामा छ ।

त्यसकारण सरोकारवाला निकायबाट यसतर्फ ध्यान जाओस ।’ कोइला डिपो नजिकैबाट सधै छोरालाई विद्यालय पु¥याउन लैजादा कपडा सधै फोहोर हुने गरेको एक अभिभावकको गुनासो छ ।

परवानीपुरक निवासी आरती यादवले छोरालाई स्कुल पु¥याउन जाँदा सधै सास्ती हुने गरेको बताइन् । उनी भन्छन्, ‘कोइला डीपोका कारण बच्चाहरुको स्कुले पोशाकमा धुलो बस्छ, सधै फोहोर हुन्छ । कपडा पनि चाँडै कमजोर हुने गरेको छ, छालामा प्रदूषणले त्यतिकै असर पु¥याइरहेकको हुन्छ । त्यसकारणले सडक नजिकै राख्नु भन्दा पनि अन्त्रय राख्नुपर्ने जरुरी रहेको छ ।’

परवानीपुरमा सडक छेउमै तीन वटा कोइला डिपोहरु सञ्चालनमा छन् । मुर्तामाइ कोइला डिपो, ऋद्धिसिद्धिसहितका कोइला डिपोहरु सञ्चालित छन् ।

कोइला डिपोबाट हुने प्रदूषणका कारण कैयौं रोगको शिकार भइरहेको स्थानीयहरुको गुनासो छ । तर स्थनीय प्रशासनको मिलोमतोमा कोइला डिपो सञ्चालन भइरहेको उनीहरुको दुखेसो छ । नत्रभने नियमविपरीत कोइला डिपो सञ्चालन हुँदा पनि किन कसैले कारबाही गर्न सकेका छैनन् ? उनको प्रश्न छ ।


सम्बन्धित समाचार