Logo

५ भदौ,ठोरी । २ दिनयता परेको अबिरल बर्षाका कारण पर्साको ठोरी गापामा रहेका सबैजसो खहरे खोलाहरुमा पानीको सतह बढेको छ । ठोरीका ओरिया , सिकारीबास ,ओडार , ठुटेखोला , झिङ्गेखोला लगायत सबैजसो खोलामा पानीको सतह बढेको हो । यस्तै लगातारको पानीको कारण कतिपय खहरे खोलाले किनार छेउको जमिन कटान गर्न थालेको छ ।

लगातार परेको पानीका कारण आएको बाढीले ठोरी –४ भएर बग्ने ओरिया खोलाले किनारको खेतीयोग्य जमिन कटान गर्न थालेको स्थानीय युवा जीत बहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार ओरिया खोलाको बाढीले वडा ४ को शान्तिटोलको उत्तरपट्टीको जमिन कटान गर्न थालेको हो ।

बर्षाका कारण हालसम्म कुनै मानवीय क्षति नभएपनि ठोरीका कतिपय ठाउँहरु जलमग्न भएका छन्। लगातार परेको झरीले हालसम्म कुनै मानवीय र भौतिक क्षति भएको जानकारी नआएको इलाका प्रहरी कार्यालय ठोरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ठोरी भएर माडी हुँदै चितवन जाने गाडीहरुलाइ वर्षाका कारण आवतजावतमा समस्या भएपनि बिरगंज ठोरी सडक खण्डमा भने निर्बाध सवारी आवतजावत भईरहेका छन्।प्रशासनको मिलोमतोमा कोइला डिपो सञ्चालन भइरहेको उनीहरुको दुखेसो छ । नत्रभने नियमविपरीत कोइला डिपो सञ्चालन हुँदा पनि किन कसैले कारबाही गर्न सकेका छैनन् ? उनको प्रश्न छ ।


सम्बन्धित समाचार