Logo

५ भदौ,वीरगञ्ज । नेकपा (माओवादी केन्द) निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारी ठाकुरराम इकाई कमिटिको सातौं सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

क्याम्पस परिसरमा आज भएको सम्मेलनले पुनः अनिश पटेलको नेतृत्वमा २१ सदस्य इकाई कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा गोपाल पासवान, समी अन्सार, महिला उपाध्यक्षमा रुना यादव, सचिवमा चक्रधारी पाण्डे, सहसचिवमा राज पासवान, साजदा खातुन र महिला सचिवमा कृतिका यादव चयन भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा भारती पटेल, सदस्यहरुमा नितेश पटेल, शुभनारायण मण्डल चन्दन पटेल, लतिसु रहमान अन्सारी, निरज सर्राफ, उमाशंकर साह, अशोक कुमार महतो, शम्भु चौरसिया, मनोज कुमार गुप्ता, आकाश साह, संतोष कुमार केशरी र कृष्ण साह गरी २१ जना रहेका छन् ।

यसअघि सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका उपमहासचिव प्रभाकर गुप्ताले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सचिव तथा पर्सा इञ्चार्ज शिवम साह, केन्द्रीय सचिव तथा मधेस प्रदेश प्रमुख सचिव जुबैर आलम, जिल्ला अध्यक्ष कबिराज पटेल, बरिष्ठ उपाध्यक्ष संदीप विक्रम साह, मधेस प्रदेश सचिव विवेक कुमार साह, रामबाबु मण्डल, प्रेस सेन्टरका केन्द्रीय सदस्य जगत राइ, प्रदेश सचिव मूनेश लायो मगर, वाइसियल केन्द्रीय सदस्य संतोष पटेल, पूर्व जिल्ला अध्यक्ष पिन्टु रौनियार लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार