Logo

३० भदौ, काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालबाट एउटा ट्रक त्रिशूली नदीको किनारमा खसेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट मालवाहक ट्रक त्रिशूली नदी किनारमा खसेको हो ।

खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ना.६ ख ६२८३ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटना ग्रस्त ट्रकका चालक र सह चालक अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । घटनास्थलमा खोजी तथा उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार