Logo

८ असोज,रौतहट । रौतहटको माधवनारायण –८ रजवडास्थित वाग्मती नदीमा बेपत्ता एक किशोरको शव फेला पारेको छ । सोमबार बेलुका बेपत्ता किशोरको शव मंगलबार फेला पारेको हो ।

राजबडाका राजेन्द्र सहनीको छोरा १८ वर्षिय श्यामलाल सहनी साथीहरुसँग जितिया पर्वको अवसरमा वाग्मती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको थियो । बेपत्ता पछि अभिभावकले प्रहरलाई खबर गरेको थियो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हेडक्वाटर गौरसहित सुरक्षा बेस भलोहिया, नेपाल प्रहरीको इलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाको टोलीले खोजी गर्दा घटनास्थलबाट झन्डै २ किलोमीटर दक्षिण गढौस्थित वाग्मती नदीको किनारमा फेला पारेको शसस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जानकारी दिए ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाए शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको प्रहरीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार