Logo

२० असोज,काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तोलामा १ लाख ६१ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको हो ।

 


सम्बन्धित समाचार