Logo

२१ असोज,वीरगञ्ज । वीरगञ्जमा आईबार राति भएको इरिक्सा दुर्घटनामा पाँचजना घाईते भएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट पावरहाउस चोकतर्फ गईरहेको इरिक्सा गएराति ११ बजेको समयमा आफै अनियन्त्रित भई विजुलीको पोलमा ठोकिदा ईरिक्सा चालक सहित पाँचजना घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार मधेस प्रदेश ०३–००१–ह १३६७ नम्बरको इरिक्सा चालक वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का पप्पु मेस्तर, वीरगन्ज महानगरपालिका वडा नम्बर १४ का सोनु कुमार पटेल, बहुदरमाई गाउँपालिका वडा नम्बर ७ का सुनिल यादव, सोही नगरपालिका वडा नम्बर ४ का जयलाल कुश्वाहा परवानीपुरका विशाल कुमार पटेल घाईते भएका छन् ।

घाईते मध्य इरिक्सा चालक पप्पु मेस्तरको नारायणी अस्पतालमा र अन्य ईरिक्सामा सवार घाईतेहरुको वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक भारतीले जानकारी दिए ।


सम्बन्धित समाचार