Logo

२६ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट टीका र जमरा ग्रहण गरेका छन्। ओली शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपतिबाट नवदुर्गाको प्रसादस्वरूप टीकाजमरा ग्रहण गरेका हुन्।

राष्ट्रपति पौडेलले दिउँसो ३ बजेपछि राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई टीका तथा जमरा लगाइदिएका हुन्। टीका तथा जमरा ग्रहण गर्न उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुगेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीकाजमरा ग्रहण गरे।

राष्ट्रपतिले इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

 


सम्बन्धित समाचार