Logo

२७ असोज, काठमाडौँ । आज आश्विन शुक्ल पक्षको एकादशी तिथि । बडादशैंको टीका आज आइतबार पनि लगाइँदैछ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म (नवरात्रमा) नवदुर्गाको पूजा आराधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि शुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि छ ।

दशैंको टीका आशीर्वाद थाप्न टाढा हुने आफन्तहरु आजबाट आश्विन शुक्ल पूर्णिमासम्म मान्यजन, मामाघर, ससुराली, आफन्तको घरमा जाने गर्छन् ।

दशैंको टीका लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जनपछि समाप्त हुन्छ ।


सम्बन्धित समाचार