Logo

२८ असोज,सिम्रौनगढ । भारत बाट नेपाल भित्रीयाईरहेका ठूलो मात्रामा बिस्फोटक पदार्थहरु पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रहरीले बाराको कचोर्वा पुल नजिक बाट ३ लाख बराबरको भन्सार छलेर भित्राइएका बिस्फोटक पदार्थहरु पटाका बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा बि ओ पी गोलागन्जलबाट खटिएको प्रहरी टोलिले कचोर्वा अरुवा पुल नजिक बाट भारत बाट नेपाल भित्रीयाई रहेका तीन लाख भन्दा बढी मुल्यको तीन बोरा पटाका बरामदको स.प्र.नी. केशव शर्माले बताए । प्रहरी टोलीलाई देख्नसाथ तस्करहरु तस्करहरु बोराहरु छाडी फरार भएको प्रहरी दाबी छ ।

नियन्त्रणमा लियेका सबै बिस्फोटक पदार्थहरु सिम्रौनगढ –६ को वार्ड अध्यक्ष नन्दकिशोर जयसवाल ,उघोग वाणिज्य सघ सिम्रौनगढको सदस्य राकिकिशोर सिह , अरुण पाण्डेय , ईप्रका सिम्रौनगढका प्रतिनिधि सुजित राउत लगायेत स्थानिय सन्चारकर्मी, भद्र भलादमीको उपस्थितिमा खाल्डो खनी पानी खन्यायेर नष्ट गरेको हो ।


सम्बन्धित समाचार