Logo

३० असोज, बारा । अन्तराष्ट्रिय ग्रामिण महिला दिवसको अवसरमा बारा र रौतहट जिल्लामा सबैका लागि स्वस्थ खाद्यन्न उत्पादनमा ग्रामिण महिला कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषक समुह माहासंघ नेपालको आयोजनामा बाराको कलैया उपमहानगरपालिका वडा नं.२४, मनहर्वामा र रौतहटको गढीमाई नगरपालिकामा कार्यक्रम भएको राष्ट्रिय कृषक समुह माहासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिए ।

ग्रामिण महिलाको संलग्नता मार्फत दिगो बिकाशका दुईवटा लक्ष्य शुन्य भोकमरी र लैङ्गिक समानता पुरा गर्ने उदेश्यले एक दिने कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय कृषक समुह माहासंघले जनाएको छ । भि.एस.ओ र यु.के.ए.आई.डि. को सहयोगमा एक्टिभ परियोेजना अन्तर्गत उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमको परिवेश र ग्रामिण महिलाको हक, अधिकार संरक्षणबारे नथुनी माझिले प्रस्तुति प्रस्तुत गरेका थिए । दुईवटा छुट्टाछुट्टै समुदायबीच ज्ञान तथा अनुभव अदानप्रदान गरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कृषक समुह, आमा समुह, किसान र वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कलैया उपमहानगरपालिका वडा नं.२४ मा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष हिरालाल चौधरी रहेका थिए ।


सम्बन्धित समाचार