Logo

३० असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले १० लाख ५७ हजार मुल्य बराबरको भन्सार छलिका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, भन्सारको मुख्यद्वारबाट अबैध सामान ल्याइरहेको अवस्थामा नियन्तरणमा लिएको हो । ना २ ह ३८८७ नम्बरको अटो र अन्य सार्वजनिक सवारीसाधनबाट ७ लाख ५७ हजार ३ सय ५५ रुपैयाँ बराबरको किराना, मोटर पार्ट्स, कस्मेटिक्स, मोबाइल एसेसोरीज, कपडा, इलेक्ट्रोनिक्स सामान र खेलौना बरामद गरेको हो सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अटोको भन्सार मूल्यांकन ३ लाख रुपैयाँ गरेको छ । अवैध रुपमा भित्र्याइएको सामान र अटोको कुल मूल्य १० लाख ५७ हजार ३ सय ५५ रुपैयाँ बराबर पुगेको छ ।

बरामद सामान र अटोलाई आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गणका सूचना अधिकारी, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिएका छन् ।


सम्बन्धित समाचार