Logo

२ कात्तिक,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर विपक्षी दलको बैठकमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार डाकेको बैठकमा सहभागी हुन ठाकुर बानेश्वर पुगेका हुन् । नयाँ बानेश्वरको संसद् भवनस्थित लोत्से हलमा विपक्षी दलहरूको बैठक जारी छ ।

बैठकमा माओवादी, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी सहितका दलका नेताहरू सहभागी छन् ।  बैठकमा रास्वपाबाट अध्यक्ष रवि लामिछाने उपाध्यक्षद्वय डिपी अर्याल, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ सहभागी छन् ।

राप्रपाबाट राजेन्द्र लिङ्देन र नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । आम जनता पार्टीका अध्यक्ष प्रभ साहसहितका नेता सहभागी छन् । प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रम र विपक्षी मोर्चालाई बलियो बनाउने प्रयास स्वरुप छलफल गरेका हुन् ।

लोसपाका नेता शरतसिंह भण्डारी सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् ।


सम्बन्धित समाचार