Logo

३ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने गिरोह संगठित अपराधी त अहिलेको मन्त्रिपरिषद्मा छन् । उनीहरुबाट ध्यान मोड्न अहिलेको यो काम भइरहेको छ ।’

बेचन झा पक्राउ गरेको २४ घण्टाभित्र सरकार ढाल्नुको कारण जनताले बुझेको उनको भनाइ छ ।

उपसभापति वाग्लेले रविलाई एक दिन भए पनि जेलमा राख्न सकिएन भने आफ्नो राजनीति सकिने भयो भन्नेहरुले बदलाको भाव देखाएको जिकिर गरे ।


सम्बन्धित समाचार