Logo

६ कात्तिक, बारा । डिभिजन बन कार्यालय बाराले एक जना नामुद (प्रख्यात) काठ तस्करलाई पक्राउ गर्न सफल भएको छ ।

लामो समय देखि बन कार्यालयको फरार सुचिमा रहेका करैयामाई गाउँपालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ४३ का रामपुकार सहनीलाई पक्राउ गरिएको डिभिजन बन कार्यालय बाराका जमदार नागेन्द्र बैठाले जानकारी दिए ।

बाराका एक जना पत्रकारलाई आफु बिरुध समाचार तथा स्टाटस लेखेको भन्दै धम्काउँदै समाजिक सञ्जालमा गालीगलौज गरेका थिए । पत्रकारको निबेदनको आधारमा जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा बोलाएको थियो ।

जिल्लामा आएको मौका छोपि जमदार नागेन्द्र बैठाको कमाण्डमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गनबाटै सहनीलाई नियन्त्रणमा लिएर डिभिजन बन कार्यालय सिमरा ल्याएको छ ।

उनलाई बन कार्यालयको थुनुवा कक्षमा राखिएको जनाईएको छ ।बारम्बार गाउँबाटै नियन्त्रणमा लिन सहनीलाई प्रयास गर्दा पनि बन रक्षक टोली केही स्थानीयको प्रयासले बिफल हुँदै आएको थियो ।

डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजिब कुमार झाले पक्राउ परेका सहनी बन कार्यालयको फरार प्रतिबादीको सुचिमा रहेको बताए । उनलाई पक्राउ गर्न २०७९ साल भाद्र १२ गते पक्राउ पुर्जी जारी समेत रहेको बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार