Logo

६ कात्तिक, बारा । बाराको सुवर्ण गाउँपालिकाबाट प्रहरीले २७ किलो लागू औषध गाँजा प्रहरी नियन्त्रणमा लिएको छ । सोमबार  जिल्ला प्रहरी कार्यालय बारा तथा अस्थायी प्रहरी पोष्ट चरमोहनाबाट खटिएको संयुक्त प्रहरी टोलीले २७ किलो लागू औषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुर्वण गाँउपालिका वडा नं. ३ बतौरा नहर चोकमा चेक जाँच गर्ने क्रममा कञ्चनपुर बाट बतौरा तर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलमा लोड रहेको गाँजा बरामद गरिएको हो । प्रहरीलाई देखेर मोटरसाइकल फालेर चालक फरार भएपछि मोटरसाइकलको पछाडी लोड रहेको २ वटा बोरामा २७ किलो लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद गाँजाका सम्बन्धमा आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको छ ।

त्यस्तै प्रहरीले सपोर्टिङ विल नभएको १५ लाख भन्दा बढी मूल्यको समान बरामद गरेको छ । सोमबार राती साँढे ९ बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले अमलेखगंज चोकमा चेकजाँचका क्रममा १५ लाख ४० हजार २ सय ८० रूपैया बराबरको समान बरामद गरेको हो ।

वीरगञ्जबाट चितवन तर्फ जाँदै गरेको ना २ क ६७६ नम्बरको मिनि ट्रकमा लोड रहेको बदाम दाना, जिरा, मेथि, नारिवल र अन्य खुद्रा समानहरू बरामद गरेको हो । बरामद समान सहितको ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार