Logo

१० मंसिर,वीरगञ्ज । बारा प्रहरीले फरार प्रतिवादीहरुलाई पनि पक्राउ गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

विभिन्न मुद्दामा अदालतबाट दण्ड सजाय तोकिएपछि फरार रहेका चारजनालाई पक्राउ गरी अदालतमा पेश गरेको छ । लुकिछिपि बसेको अवस्थामा प्रहरीले सोमबार पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत कलैयामा बुझाएको छ ।

प्रहरीले चेक अनादरको मुद्दामा एकहजार जरिवाना सजाय तोकिएर फरार रहेका विश्रामपुर–१ घोडासहनका रिजवा नुरुल्लाह ठकुराई, चेक अनादर मुद्दामै २ हजार पाँचसय जरिवाना फैसला तोकिएका सोही स्थानका पशुराम कुशवाह, बाजुलहक अंसारी र पुष्कर कामर चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।


सम्बन्धित समाचार