Logo

७ पुष,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले अदालतमा उपस्थित गराइएको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता हुँदै छ ।


सम्बन्धित समाचार