२७ पुष,वीरगञ्ज । जिल्ला बचत तथा सहकारी संघ पर्साको १७ औं साधारणसभा आज सम्पन्न भएको छ । वीरगन्ज नगर सभामा भएको सहकारी संघको साधारसभाको राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य शम्भु गुप्ताले उदघाटन गर्नुभएको थियो ।
संघका जिल्ला अध्यक्ष राजेश पण्डितको अध्यक्षतामा भएको साधारणसभामा संघका कोषाध्यक्ष नगनाराण सिंहले संस्थाको बार्षिक आय व्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारी संघले चालू आर्थिक बर्षमा १३ लाख ८ हजार ३ सय ५१ रुपैंया ब्याज आम्दानी गर्दा ६ लाख ५८ हजार १९७ रुपैंया ८९ पैसा ब्याज खर्च भएको छ ।
त्यस्तै वित्तीय कारोबारबाट ६ लाख ५० हजार १५३ रुपैंण ११ पैसा खुद आम्दानी गरेको छ । संस्थाले सम्पूर्ण कारोबारपछि ५ लाख ५१ ह्जार ५३२ रुपैंया ९५ पैसा खुद मूनाफा कमाएको छ । संघले चालू आर्थिक बर्षमा १ करोड ८९ लाख ६२ हजार ८ रुपैंया ४१ पैसाको कारोबार गरेको छ ।
सहकारी संघको साधारणसभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा हरेराम पटेल र राकेश यादव आकांक्षी देखिएका छन् । अन्य पदमा पनि उम्मेदवारी मनोनयन भईरहेको छ ।